राजीनामा दिएपछि मन्त्री गुप्ताले भने– ‘नखाएको विष पनि लाग्दो रहेछ’

राजीनामा दिएपछि मन्त्री गुप्ताले भने– ‘नखाएको विष पनि लाग्दो रहेछ’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कहिले काहीँ नखाएको विष पनि लाग्ने र आफू अहिले त्यसैको शिकार भएको बताएका छन् ।

घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन्।

स्ट्याटसमा गुप्ताले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार बनेको दाबी गर्दै अरू कोही यसरी नपरोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, “कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको छु।”

आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् र सत्य तथ्य बाहिर आउन सकोस् भन्ने उद्देश्यले आफूले पद त्यागेको गुप्ताले बताएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय