जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार (आज) बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रचार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार यसअघि बसेको पार्टीको कार्यकारिणी समितिको निर्देशनअनुसार नै संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको हो। यसअघि असार ८ र ९ गते बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकार पूर्णत: असफल भइसकेको निष्कर्ष निकाल्दै समर्थनबारे पुनर्विचारका लागि निर्देश गरेको थियो।

त्यसअनुसार नै आज संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बस्नेतले जानकारी दिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय