निजामती विधेयकबारे सभामुखले भने समितिबाट जे आएको थियो, त्यही पारित भएको हो

निजामती विधेयकबारे सभामुखले भने समितिबाट जे आएको थियो, त्यही पारित भएको हो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् ।

आज (मंगलबार) सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताएका छन् ।

‘समितिबाट जे प्रतिवेदन आएको छ, संसदबाट त्यही पारित भएको छ । समितिमा किन गर्‍यो ? कसले गर्‍यो ? छानबिन त गर्नैपर्छ । विश्वास अनुसार काम गर्नुपर्‍यो । गलत चिज पास हुनु भएन’, उनले भने । उनले राष्ट्रियसभाले पनि त्रुटिलाई सच्याउन सक्ने बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय