घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा बुझाएका हुन् ।

घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका थिए ।यसअघि साेमबारमात्र प्रधानमन्त्री ओलीले घुस डिल प्रकरणमा मुछिएपछि मन्त्री गुप्तालाई बालुवाटार बोलाएर  सोधपुछ गरेका थिए ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री गुप्ताले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएको पुष्टि गरे । ‘मन्त्री गुप्ताले प्रधानमन्त्री ओलीज्यूलाई भेटेर राजीनामा बुझाउनु भएको छ,’ बर्तौलाले भने ।

घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न सरकारको नेतृत्वकर्ता दल एमाले, कांग्रेस र विपक्षी दल माओवादी केन्द्रसहितका दलका सांसदहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय