मेटमणिविरूद्व जाहेरी दिने व्यक्ति आएनन् प्रहरी सम्पर्कमा, पठाए जाहेरी फिर्ताको पत्र 

मेटमणिविरूद्व जाहेरी दिने व्यक्ति आएनन् प्रहरी सम्पर्कमा, पठाए जाहेरी फिर्ताको पत्र 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुटवल । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक तथा प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ।

रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए। तर उनै बुढाले आज (आइतबार) दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र पठाएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन्।

‘सुरुमा आएको उजुरी र आज उजुरी फिर्ताको पत्र दुबै सक्कली हुन् होइनन् सनाखत गरेर मात्र यकिन गर्न सकिन्छ’, एसपी तिमिल्सेनाले भने, ‘उजुरीबारे सनाखत गर्न बोलाएको उहाँ आउनु भएन, हामी उहाँलाई ल्याएर सनाखत गराउँछौं त्यसपछि सत्य के हो थाहा हुन्छ।’

चौधरीविरुद्ध जाहेरी आएपछि बुढामगरलाई प्रहरीले रकमको स्रोत उल्लेख गर्न पटक–पटक ताकेता गरेको थियो । तर उनी प्रहरीको सम्पर्कमा आएका छैनन्। चौधरीले बुढामगरलाई एभरेस्ट बैङ्कको खाताबाट २०८१ पुस २६ गते चेक हस्ताक्षर गरेर दिएका थिए। तर उक्त चेकमा चौधरीको हस्ताक्षर फरक परेको थियो।

तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए। पुर्ख्याैली घर रोल्पा भए पनि हाल घोराहीमा बसेर निर्माण व्यवसाय गरिरहेका बुढामगरलाई सांसद चौधरीले भान्जा साइनो लगाउने गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय