सांसद सिंहले पाँच जिल्ला बाहेक अरु विदेशीलाई दिउ भनेपछि संसद‍मा ‘हंगामा’

सांसद सिंहले पाँच जिल्ला बाहेक अरु विदेशीलाई दिउ भनेपछि संसद‍मा ‘हंगामा’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु विदेशीलाई लिजमा दिन भनेपछि संसद्‍मा ‘हंगामा’ भएको छ। सांसद सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई लीजमा (भाडामा) दिन सकिने अभिव्यक्ति दिएपछि संसद्मा हंगामा भएको हो। सिंहको अभिव्यक्तिमा नेकपा एमाले सांसद महेश बर्तौलाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उनको भनाइलाई रेकर्डबाट हटाउन आदेश दिएका थिए। एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने बताए।

‘देशको नाम तोकेर जिल्ला लिजमा दिने कुरा आपत्तिजनक विषय हो। देशलाई कहीँकतै गाभिदिने भनेर संसद्को रोष्टमबाट अभिव्यक्ति दिनु राष्ट्रघाती र देशद्रोही विषय हो’ बर्तौलाले भने, ‘मुलुकको स्वाभिमानको विरुद्धमा अभिव्यक्ति दिने कुरा कारबाहीको विषय हो। उहाँको अभिव्यक्ति राष्ट्रघाती छ, यस्तो कुरा सुनेर बस्न सक्दैनौं।’

विनियोजित बजेटका सम्बन्धमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता अमरेश कुमार सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन्। सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन्। त्यसपछि सांसद सिंहले आफूले पाएको ७ मिनेट रोष्टममै उभिएर बस्ने बताए। उनले आफ्नो निर्वाचन क्षेत्रलाई अपमान गरेकोले जिल्ला लीजमा दिन प्रस्ताव गरेको तर, राष्ट्रियताप्रति आफ्नो अटुट विश्वास रहेको बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय