सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

उक्त ओभरपासको शुक्रबार दिउँसो रिबन काटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेका छन् ।

उता उक्त ओभरपासको ताम्रपत्र प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन् । अब सवारीचालकले रिङ रोडमा गुड्दा यो ओभरपास प्रयोग गर्न पाउने भएका छन् ।

यो ओभरपास तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय