तिनकुने घटना : नेपाल पुकार डटकमका सम्पादक दाहाल अदालतमा उपस्थित

तिनकुने घटना : नेपाल पुकार डटकमका सम्पादक दाहाल अदालतमा उपस्थित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाल आज काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित भएका छन्।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गरेका दाहालमाथि झुटा मुद्धा लगाइएको छ । 

दाहालविरुद्ध आपराधिक उव्द्रव र साङ्गठनिक अपराधसम्बन्धी गम्भीर अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

न्यायाधीश रेशराज शर्माको इजलासमा दाहाल विरुद्धको मुद्धाको सुनुवाई हुँदैछ ।

सम्पादक दाहालले दुर्गा प्रसाईँको गाडी भित्र बसेर तिनकुने घटनाको भिडियो खिचेका थिए । आफूले घटनास्थलमा “पत्रकारिताको धर्मअनुसार” मात्र रिपोर्टिङ गरेको दाबी गर्दै उनले भनेका छन्, “मैले एक्सक्लुसिभ भिडियो खिचें, त्यसबाहेक मेरो कुनै संलग्नता थिएन। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्न नसकेको कमजोरी ढाकछोप गर्न मलाई गलत रूपमा फसाइएको हो।”

उनले घटनास्थलमा खिचिएका तस्बिर र भिडियोहरू अनुसन्धानका प्रमाणका रूपमा प्रयोग गरिएको जनाउँदै, त्यसै आधारमा आफूलाई अभियुक्त बनाइएकोमा आपत्ति जनाएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय