धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप, दिनभर नगर परिसर तनावग्रस्त

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप, दिनभर नगर परिसर तनावग्रस्त

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । उपमहानगरपालिका कार्यालयबाहिर दुवै पक्षका समर्थकहरूबीच तनाव उत्पन्न भएको हो ।

दुई पक्षबीचको विवाद र झडपले गर्दा मंगलबार दिनभर नगर परिसर तनावग्रस्त बन्यो ।

‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो ।

१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदान र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागेपछि उपमेयर बेघाले रोकिदिए । त्यसपछि धरान १० को रायणपथमा श्रमदानमा प्रयोग भएको नगरको सवारीको चाबी बेघाले खोस्न लगाए ।

दुई वटा काम रोकिएपछि सोमबार दुई पक्षबीच सामान्य विवाद भएको थियो । मंगलबार भने हात हालाहालको स्थिति बनेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले दुई पक्षबीच विवाद भएको बताए । दुवै पक्षलाई नगर परिसरबाट हटाएपछि अवस्था सामान्य बनेको उनले बताए ।

सोमबार मेयरका समर्थकले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए, मंगलबार साम्पाङको समूहले उपमेयरसँग श्रमदानका क्रममा खोसिएका सवारीको चाबी माग गरेको थियो । बेघाले चाबी छैन भनेपछि विवाद सुरु भएको थियो । हुलहुल्जत गरेपछि बेघाले पनि आफ्ना समर्थकलाई बोलाएका थिए ।

दुई पक्षबीच आरोप प्रत्यारोप चर्किएपछि झडप भएको थियो ।

मेयर पक्षधरले भने श्रमदानबाट काम भइरहेको स्थानमा उपमेयरले अनावश्यक अवरोध सिर्जना गरेको दाबी गरको छ । बेघा पक्षले भने श्रमदानमा सरकारी सम्पति दुरुपयोग हुन नदिने बताएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय