शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइयो : उपेन्द्र यादव

शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइयो : उपेन्द्र यादव

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन्। संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौँ भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरुको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्सानी गरिरहेको बताए।

उनका अनुसार आगामी वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्मअनुरुप छैन। उनले आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको बताएका छन्। यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने उनले बताए।

‘मैले बजेट हेरें । जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट। अल्ली दुब्लो–पातलो मन्त्री भएकोमा कम बजेट । सांसद पनि सत्तारूढवालालाई अलि बढी, बाँकीलाई त छैन। यो न्यायोचित हो त ? प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट। भूपू प्रमको जिल्लामा बजेट नै बजेट तर अरू ठाउँमा बजेटको सन्तुलन छैन । यसलाई न्यायोचित भन्न मिल्दैन। यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो । डकैटी नै हो,’ उनले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय