राजावादीको आन्दोलनमा लाठ्ठीचार्ज, केहि प्रदर्शनकारी घाइते

राजावादीको आन्दोलनमा लाठ्ठीचार्ज, केहि प्रदर्शनकारी घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।

काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो ।

प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय