सप्तरीको नेपाल बैंकमा चोरी, गार्डको हतियार पनि छोडेनन्

सप्तरीको नेपाल बैंकमा चोरी, गार्डको हतियार पनि छोडेनन्

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डकै कोठामा बिहीबार राति चोरी भएको छ। सुरक्षा गार्ड जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र सोही ठाउँ वडा नम्बर–५ का ४४ वर्षीय पर्शुराम चौधरीको कोठामा चोरी भएको हो।

दुवै कोठामै सुतिरहेको बेला दराजबाट १२ बोरको एकनाले हतियार, सोमा लाग्ने २० राउण्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजुसहितका सामान चोरी भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। उनका अनुसार चोरी भएको घटनाबारे बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कल्याणपुरमा जानकारी आउँदा अनुसन्धान सुरु थालिएको थियो।

अनुसन्धानकै क्रममा बिहान पौने ४ बजेतिर सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीका समानसहित एक जना युवकलाई पक्राउ गरिएको एसपी खतिवडाले बताए । ‘चोरी भएको सूचना पाएसँगै सप्तरीका सबै युनिटका साथै सिराहालाई पनि जानकारी गराएका थियौँ, शंका लागेर चेकजाँच गर्दा जिल्लाको खडक नगपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीको साथबाट चोरीको समान बरामद भएको छ।’

इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको अन्सारीको साथ ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, १२ बोरको एकनाले हतियारमा लाग्ने कार्टिज २० राउन्ड, मोबाइल ५ थान, सिमकार्ड, स्पिकर र डिजिटल तराजु एक÷एक थान बरामद भएको हो। पक्राउ परेका अन्सारीले कल्याणपुरस्थित बैंकको ५ सय मिटर पश्चिम झाडीमा लुकाएर राखेको १२ बोरको एकनाले हतियार पनि बरामद भएको एसपी खतिवडाले बताए। अन्सारीलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याएर थप अनुसन्धान भइरहेको

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय