सरकार सही बाटोमा छ, जादुवाला नम्बर भएकाले भ्रम छर्दैछन् : महेश बर्तौला

सरकार सही बाटोमा छ, जादुवाला नम्बर भएकाले भ्रम छर्दैछन् : महेश बर्तौला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकार निराशालाई आशामा परिणत गर्न अघि बढिरहेको बताएका छन्।

आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले निराशाको सञ्चार संसदबाटै गरिएको भन्दै आपत्ति जनाए । संसदको तेजोवध गर्ने गरी संसद् निरस रहेको अभिव्यक्ति आएको बर्तौलाको भनाइ छ। उनले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित अभिव्यक्ति दिइएको आरोप समेत लगाएका छन् ।

उनले दुई पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेको आरोपको खण्डन गरे। आफू सत्तामा भएको भए जादूगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ छ। ‘जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ। तर, त्यो सत्य होइन । त्यो केवल भ्रम हो । संसद्मा पनि यस्ता प्रवृत्ति देखिरहेका छौँ । जादुगरले पैसाको नोट निकाले जस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, त्यो क्षणिक भ्रम हो’, उनले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय