प्रतिनिधिसभाका तीन सांसदको पद निलम्बन, एक जना फरार

प्रतिनिधिसभाका तीन सांसदको पद निलम्बन, एक जना फरार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको संख्या तीन पुगेको छ भने एक जना फरार छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्। विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि एमाले सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, रास्वपा सभापति समेत रहेका रवि लामिछाने निलम्बनमा छन्। यस्तै राप्रपाकी सांसद गीता बस्नेत फरार छिन्।

रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा २ वर्षदेखि निलम्बनमा छन्। रास्वपा सभापति तथा सांसद लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायरपछि निलम्बनमा छन्। सहकारी ठगी आरोपमा राप्रपाकी बस्नेत फरार छिन्। भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय