१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु :ओली

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु :ओली

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्।

आज (बिहीबार) काठमाडौँमा आयोजित पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकासको योजना बनाउने काममा कतिपयले अवसर नपाएको र कतिपयले बारम्बार अवसर पाएको उल्लेख गरे ।

उनले बारम्बार योजना बनाउन पाउनेहरू जस्तै देउवालाई पनि १४ महिनापछि ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर धूमधामका साथ पद हस्तान्तरण गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ । १४ महिनापछि त म पनि त्यही हो, मानार्थ । तपाईहरूकै सदस्य । अहिलेको अवस्था संयोग हो । कतिपय योग्य मानिसहरू यसमा आउन नपाएर बाहिर छन्, अवसर पाएका छैनन् । सबैलाई एउटै ठाउँमा अवसर जाँदैन । कसैले पटक–पटक पाउँछन् । शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, अवसर उहाँलाई मिल्छ, के गर्नु ? अब फेरि मिल्न लागेको छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर विधिपूर्वक धूमधामका साथ पद हस्तान्तरण गर्छु ।’ प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्व अध्यक्ष बन्ने बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय