कम्पनी बन्द हुँदा साउदीमा ४६९ नेपाली अलपत्र, तत्काल उद्धार गर्न माग

कम्पनी बन्द हुँदा साउदीमा ४६९ नेपाली अलपत्र, तत्काल उद्धार गर्न माग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि त्यहाँ कार्यरत ४६९ नेपाली कामदार अलपत्र परेको बताए। उनले तत्काल उद्धार र सहयोग गर्न सरकारसँग माग गरे।

‘रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका ४६९ मध्ये २२६ जनाले नेपाल फर्कन चाहेका छन्। त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चाहेको बताएका छन्,’ सांसद बर्तौलाले भने, ‘कामविहीन भएकामध्ये २४३ जनाले साउदी अरबमै अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।’ कम्पनी बन्द भएपछि दुईदेखि नौ महिनासम्मको तलब नेपाली कामदारले नपाएको उनले बताए । तलबका लागि कम्पनी व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले सदनलाई जानकारी गराए ।

‘कामविहीन भए पनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन् । त्यहाँ खानाको समस्या छ, बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,’ सांसद बर्तौलाले भने, ‘नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन् । छिटो उद्धार गरी आवश्यक सहयोग र सहजीकरण गर्न म सरकारसँग आग्रह गर्छु ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय