युवा संघ पर्वतको भेलामा ‘कुटाकुट’, केन्द्रीय सदस्य पौडेल घाइते

युवा संघ पर्वतको भेलामा ‘कुटाकुट’, केन्द्रीय सदस्य पौडेल घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पर्वत । युवा संघ पर्वतको भेलामा दुई गुटबीच विवाद हुँदा कुटाकुट भएको छ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ पर्वतमा एमालेका दुई गुट छन् । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्व प्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन्। अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ।

यी दुई समूहको विवाद हात हालाहालको अवस्थामा पुगेको हो । तिमिल्सिना निकट एमाले गण्डकी सदस्य अर्जुन पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेर रक्ताम्य बनेको। उनलाई उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ। युवा संघ पर्वतको नवौं जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो।

तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए। अध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए । अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय