४० लाख बढी रकमसहित दुई जना पक्राउ 

४० लाख बढी रकमसहित दुई जना पक्राउ 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौंको न्युरोडस्थित विशाल बजारबाट हुण्डी कारोबारको ४० लाख ३२ हजारसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि–१५ तीनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

विशाल बजारको भुइँतलामा रहेको पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी एसपी बोहराले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय