विद्यालय कर्मचारी परिषदले गर्‍यो आन्दोलन घोषणा

विद्यालय कर्मचारी परिषदले गर्‍यो आन्दोलन घोषणा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै आन्दोलन घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आन्दोलनको संयोजकमा बब्बन मिश्र तोकिएका छन्। परिषदका अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको बताए। ‘शिक्षक महासंघले आफूखुसी सम्झौता गर्‍यो, विद्यालय कर्मचारीका हितपूर्ण मुद्दाहरूलाई बेवास्ता गर्‍यो,’ अध्यक्ष तिवारीले भने।

परिषद्ले अबको आन्दोलन शिक्षकमात्र होइन, कर्मचारी अधिकार सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ।

आन्दोलनका कार्यक्रमको रुपरेखा

मिति २०८२/०१/२१ गते देखि मिति २०८२/०२/०३ गते सम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने।

मिति २०८२/०२/०४ गतेका दिन ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने।

मिति २०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने।

मिति २०८२/०२/०६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ वटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझउने।

मिति २०८२/०२/०७ गतेकै दिन ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक बिकास मन्त्रालयमा बुझाउने।

मिति २०८२/०२/०९/१० गते काठमाडौं स्थित माइतीघर मण्डला देखि सडक आन्दोलनमा सबै उपस्थित हुने। तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गरिनेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय