शिक्षक महासंघले एकपक्षीय सरकारसँग सहमति गर्‍यो : विद्यालय कर्मचारी परिषद्

शिक्षक महासंघले एकपक्षीय सरकारसँग सहमति गर्‍यो : विद्यालय कर्मचारी परिषद्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ।

विद्यालय कर्मचारीको माग मुद्दा सम्बोधन नगरि महासंघले एकपक्षीय ढंगले सरकारसंग सहमति गरि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको भन्दै परिषद्ले सहमतिको भत्र्सना समेत गरेको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफूहरूको माग मुद्दाप्रति महासंघ गम्भीर नबनेकाले आफूहरूको आपत्ति रहेको बताए। उनले महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारीकै माग सम्बोधन नहुनु उचित नभएको जिकिर गरे। तिवारीले शिक्षकहरूले आन्दोलनका नाममा शिक्षक महासंघले राजनीति गरेको आरोपसमेत लगाए।

उनले परिषद्को बैठक बसेर आगामी रणनीति तय गर्ने जानकारी दिए। यसअघि बिहीबार नै काठमाडौंमा शिक्षक महासंघको समीक्षा बैठक बसेको थियो। सो क्रममा विद्यालय कर्मचारीहरूले आफूहरूको समस्या समाधान नभएको भन्दै आपत्ति जनाएपछि होहल्लासमेत भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय