सहकारी पीडितले माइतीघरमा गरे अर्धनग्न प्रदर्शन

सहकारी पीडितले माइतीघरमा गरे अर्धनग्न प्रदर्शन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सहकारी पीडितहरूले काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरूका माग सरकारले सम्बोधन गरेको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय