२ करोडको सुनचाँदीसहित ९ जना पक्राउ

२ करोडको सुनचाँदीसहित ९ जना पक्राउ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली छन् ।

यो समूहले भन्सार छलीका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट उनीहरुलाई सुनचाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जोरपाटी, कपन र चाबहिलको टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मु्ल्य १ करोड ७० हजार १० हजार ६० रहेको बताइएको छ ।

त्यसैगरी यी तीन ठाउँबाटै १८ किलो ४५.५२१ ग्राम चाँदी बरामद भएको छ । उक्त चाँदीको मुल्य ३० लाख भन्दा बढी रहेको बताइएको छ । नगद ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारु बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय