माओवादी केन्द्रले गर्‍यो प्रदेश सहइन्चार्ज खारेज, विना मगरदेखि रमेश मल्लसम्म हटाइए

माओवादी केन्द्रले गर्‍यो प्रदेश सहइन्चार्ज खारेज, विना मगरदेखि रमेश मल्लसम्म हटाइए

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा (माओवादी केन्द्र) ले प्रदेशका सह इन्चार्जको पद हटाउने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यस निर्णयसँगै, प्रदेश सह इन्चार्जका पदहरू हटेर प्रदेश समन्वय कार्यालय गठन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

कोशी प्रदेश
सावित्रीकुमार काफ्ले
अजम्बर काङवाङ
धर्मशीला चापागाईँ
सुरेशुकमार राई

मधेश प्रदेश
विश्वनाथ साह
प्रल्हाद बुढाथोकी
जोगबहादुर यादव
महेन्द्र पासवान

बागमती प्रदेश
अञ्जना विशंखे
सूर्य सुवेदी
हितबहादुर तामाङ
शालिकराम जमरकट्टेल

गण्डकी प्रदेश
हरिराज अधिकारी

लुम्बिनी प्रदेश
कुलप्रसाद केसी

कर्णाली प्रदेश
टेकबहादुर बस्नेत
महेन्द्रबहादुर शाही

सुदूरपश्चिम प्रदेश
खगराज भट्ट
विना मगर

उपत्यका विशेष प्रदेश
मोहन कार्की
रमेश मल्ल
रामप्रसाद सापकोटा

सम्पर्क समन्वय प्रदेश
झक्कुप्रसाद सुवेदी
देवेन्द्र पराजुली
मानबहादुर बुढा

सार्क प्रवास प्रदेश
ईश्वरी भण्डारी

एसिया प्रवास प्रदेश
डिबी क्षेत्री

पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश
सुरेन्द्र भुसाल
मोहनमान स्वाँर
कृष्णकुमार राई

बैठकले प्रदेश समन्वय कार्यालयलाई थप क्रियाशील बनाउन र यसको जिम्मेवारीलाई प्रदेश समन्वय कार्यालयलाई दिने निर्णय गरेको छ । यसका साथ, पार्टी केन्द्रीय समितिप्रति जबाफदेही रहने र प्रदेश समन्वय कार्यालयको कामलाई विगतका मापदण्ड अनुसार सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने निर्णय भएको छ ।

अर्को निर्णयअनुसार, केन्द्रीय सदस्यहरूको कार्य विभाजन र विभागीय सदस्यहरूको संख्या थप/घट गर्नका लागि विभागीय प्रमुखको सिफारिसमा निर्णय लिने प्रक्रिया अपनाइने छ । केही जिल्लाका इन्चार्जहरूको नियुक्ति पनि गरिएको छ । यसमा सप्तरी, महोत्तरी, बाजुरा र जाजरकोटका इन्चार्जहरूको नियुक्ति गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय