त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ कर्मचारीले पाएनन् तलव, उठेन फोहोर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ कर्मचारीले पाएनन् तलव, उठेन फोहोर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरुले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए । उनले भने, ‘तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।’

विरोधका कारण विगत १० दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन। यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए । विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि आफूहरूले तलब नपाएको गुनासो गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय