काठमाडौँमा शिक्षकहरूको आन्दोलन सुरु

काठमाडौँमा शिक्षकहरूको आन्दोलन सुरु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । शिक्षकहरूले काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेका छन् ।

बुधवार (आज) विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा उक्त र्‍याली निकालिएको हो ।

र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

यस नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधवार काठमाडौँ आएका हुन् ।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ ।

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्केको र भोलि शिक्षक अझ कर्मचारी थपिने उनले बताइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय