महायज्ञका लागि दलित बस्ती हटाउने सिरहाका सीडीओ मन्त्रालय तानिए

महायज्ञका लागि दलित बस्ती हटाउने सिरहाका सीडीओ मन्त्रालय तानिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सिरहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि प्रजिअलाई मन्त्रालय तानेको स्रोतले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय