सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार नाघ्यो

सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार नाघ्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय