वडाध्यक्षमाथि रड प्रहार

वडाध्यक्षमाथि रड प्रहार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पोखरा । पोखरामा एक वडाध्यक्षमाथि रड प्रहार भएको छ। पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका हुन्।

आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड प्रहार गरेको सुवेदीको आरोप छ।

पोखराका मेयर धनराज आचार्यले घटनाको निन्दा गरेका छन्। घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गर्नु गलत भएको बताएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय