ज्ञानेन्द्रलाई विष्णुको जवाफ- काँक्रा चोरेर बियाँ हाम्रो गालामा टाँस्ने ?

ज्ञानेन्द्रलाई विष्णुको जवाफ- काँक्रा चोरेर बियाँ हाम्रो गालामा टाँस्ने ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजावादीको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर राख्न निर्देशन दिएको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् ।

राप्रपाका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको यस्तो आरोप लगत्तै रिमालले त्यसको कडा शब्दमा खण्डन गरेका हुन् ।

उनले राजावादीले काँक्रो चोरेर त्यसको पोल खुल्ने डरमा त्यसको बियाँ आफ्नो गालामा टाँसिदिएको आरोप लगाए । ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन् । पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियॉ टॉसी कुलेलम ठोक्छन्,’ रिमालले शाहीलाई जवाफ दिँदै फेसबुकमा लेखेका छन्, ‘दलालहरू- पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ।’

‘डिसइन्फरमेसन’को सहारामा अयोग्य हुँदाहुँदै पनि दुर्घटनावश शाही मर्यादित स्थानमा पुगेको आरोप पनि रिमालले लगाएका छन् । ‘डिसइन्फरमेसन’को सहारामा ‘एक्सिडेन्टल्ली’ मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो,’ उनको आरोप छ ।

राजावादी दल र संघ-संस्थाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजना गरेको -यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको तस्बिर प्रयोग गरिएको थियो । उक्त तस्बिर राजाको समर्थनमा निकालिएको -यालीमा प्रयोग गरिएपछि चर्चासँगै आलोचना भइरहेको छ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fbishnu.rimal%2Fposts%2Fpfbid02yW3cjjFjA4JDRBBSCNpuQDtGNy9cfRwvFsXbPVfvWFax5sqqFgRJoqr8pdQHBNPgl&show_text=true&width=500

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय