यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी दिँदै आज देशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। यद्यपि, अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

बिहान देशभर मौसम मुख्यतया सफा रहनेछ भने दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भाेलि मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा एकदुई स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।

बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहने विभागले पूर्वानुमान गरेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा यात्रा गर्ने व्यक्तिहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ किनकि त्यहाँ हल्का हिमपातको सम्भावना रहेको छ।

विभागकाअनुसार हाल नेपालमा कुनै पनि महत्वपूर्ण मौसम प्रणालीको प्रभाव छैन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय