सामुदायिक वनमा दुई जना मृत्त भेटिए

सामुदायिक वनमा दुई जना मृत्त भेटिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक वनमा दुई युवा मृत्त भेटिएका छन्।

मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुईमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईमा फेला परेको छ । डीएसपी बोहोराको टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय