इपिएसको आवेदन आह्वानमा ढिलाइ

इपिएसको आवेदन आह्वानमा ढिलाइ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ ।

अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।  

परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन् ।

यता एचआरडी कोरियाको वेबसाइटमा पनि नेपालसहित केही देशमा इपिएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये केहीको करार सम्झौतासमेत भई जान सुरु गरेको इपिएस कोरिया शाखाले जनाएको छ । 

इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राईले हालसम्म इपिएस कोरिया शाखामा एचआरडी कोरियाबाट भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको र कुनै जानकारी पनि प्राप्त नभएको बताए । यसले अन्योलको अवस्था देखिएको उनको भनाइ छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय