दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत बजिन्द्र मृत भेटिए

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत बजिन्द्र मृत भेटिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दोलखा । दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक कामदार मृत भेटिएका छन्।

मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन् । हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए । खोजतलास गर्ने क्रममा उनको शव बिहीबार साँझ सवा ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ । उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय