प्रकृति लम्सालको बुबालाई प्रधानमन्त्रीको सान्तवना फोन : देशै दुःखित छ, सम्हालिनुस्

प्रकृति लम्सालको बुबालाई प्रधानमन्त्रीको सान्तवना फोन : देशै दुःखित छ, सम्हालिनुस्

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्व विद्यालयको छात्राबासा मृत भेटिएकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुबालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताए ।

सम्हालिन आग्रह गर्दै ओलीले भने, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो ।’ प्रकृति लम्सालका परिवारलाई भेट्न पुगेका नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्रीसँग फोन संवादको वातावरण मिलाई दिएका हुन् । भैरहवा स्थिति उनीहरूकै घरमा पुगेर शोकमा रहेका प्रकृतिका आमा–बाबु तथा परिवारका सदस्यसँग बस्नेतले भेट गरेका हुन् । प्रकृतिकी आमा सरिता शर्मा लम्साल र बुबा सुनिल लम्सालसँग भेटेर बस्नेतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बस्नेत लम्साल परिवारलाई भेट्न गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रकृतिका आमा–बुबासँग फोनमा कुरा गरेका हुन् । बस्नेतको फोनबाट कुरा गर्दै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सो घटनाको निष्पक्ष छानबिनको लागि सरकारको तर्फबाट पनि अनुरोध गरिएको र कारबाहीको आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी आएको बताए ।

टेलिफोन वार्तामा प्रकृतिका बुबा सुनिलले आफूहरू सम्हालिन प्रयत्न गरिरहेको प्रधानमन्त्रीलाई जानकारी दिए । सो घटनाको बारेमा अनुसन्धान भइरहेको भन्ने जानकारी आएको लम्सालले प्रधानमन्त्रीलाई बताए । ‘पोष्टमार्टम रिपोर्ट पनि आयो, फरेन्सिक रिपोर्ट के भयो अपडेट भइसकेको छैन, विभिन्न चारवटा विषयमा मुद्दा दर्ता हुने भन्ने आएको छ’, उनले भने ।

प्रधानमन्त्रीले घटना सुनेर धेरै दुःख लागेको बताउँदै यसबाट देश नै दुःखित भएको बताए । ओलीले सिङ्गो देश लम्सालको साथमा रहेको आश्वासन दिए । लम्सालले आफ्नो छोरीको ज्यान गइसकेको बताउँदै सो विश्व विद्यालयमा धेरै नेपालीका छोरा–छोरी पढिरहेकाले उनीहरूले त्यो पीडा भोग्नु नपरोस् भन्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्री ओलीले सरकारले त्यस विषयमा चासो लिएको र त्यस विषयमा सजग रहेको बताए । ‘हामीले चासो लिएका छौँ, सुरुदेखि नै सार्वजनिक ढङ्गले नै चासो लिएका छौं, सरकारी हिसाबले पनि लागेका छौँ’, प्रधानमन्त्रीले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय