अब लाइसेन्सबिना वाकिटकी चलाउन नपाइने

अब लाइसेन्सबिना वाकिटकी चलाउन नपाइने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अब लाइसेन्स तथा बिना अनुमति वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्न नपाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो । अब वाकिटकी लगायतका रेडियो उपकरणहरु विक्री बितरण तथा प्रयोग गर्न लाइसेन्स लिनुपर्ने छ ।

विभागले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाइसेन्स लिएर मात्र प्रयोग गर्न भनेको छ । अन्यथा लाइसेन्स नलिई प्रयोग गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय