‘केआईआईटी’ पुगे दुई नेपाली सुरक्षा अधिकृत, विद्यार्थीसँग छलफल थाले

‘केआईआईटी’ पुगे दुई नेपाली सुरक्षा अधिकृत, विद्यार्थीसँग छलफल थाले

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा दुई नेपाली सुरक्षा अधिकृत पुगेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासले नेपाली छात्राको मृत्युपछि उत्पन्न परिस्थितिले समस्यामा परिरहेका नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने जिम्मेवारी दिएर उनीहरूलाई खटाएको हो ।

कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका छन् । दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन्।

टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्नेछ । आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय