वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।

आफ्नै वडाका सचिव नवीन भुसालमा माथि कुटपिट गरेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए । गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय