सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ

सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पोखरा- कार्यकक्षमै वडा सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरेको हो।

वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुसाललाई बिल भुक्तानीका लागि दबाब दिदैं नमानेपछि सोमबार विहान कुटपिट गरेका थिए।
गाला र घाटीमा चोट लागेका वडा सचिव भुसालको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात भरतपुर लगिएको छ।

गाउँपालिकाले कानुन बमोजिम कारबाहीका लागि निवेदन दिएपछि वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय