भारतमा विद्यार्थी मृत्यु प्रकरण : नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालियो

भारतमा विद्यार्थी मृत्यु प्रकरण : नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालियो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । भारतमा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूमाथि कलेज प्रशासनले दमन गरेको छ ।

भारतको (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालेको हो ।

घटनाबारे छानबिन गर्न माग गर्दै त्यहाँका अरु नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । प्रशासनले त्यसलाई दबाउन उनीहरूलाई कलेजबाट नै निकालेको हो ।

मृत भेटिएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय