अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, भेटघाट गर्न बन्द

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, भेटघाट गर्न बन्द

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । उपप्रधान एव अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

कीर्तिपुर अस्पतालले आज एक सूचना जारी गर्दै मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो । कीर्तिपुर अस्पतालका पमुख डा. किरण कुमार नकर्मीका अनुसार घाउको अवस्थाका बारेमा ड्रेसिङपछि अद्यावधिक गरिने छ ।

साथै मन्त्री पौडेल र मेयर आचार्यको भेटमा रोक लगाइएको छ । अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई भेटघाट गर्न बन्द गरिएको अस्पतालका प्रमुख नकर्मीले बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय