शान्दार म:म ग्यास विस्फोट : घाइते थप १ जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

शान्दार म:म ग्यास विस्फोट : घाइते थप १ जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति पौने १२ बजे मृत्यु भएको हो । उनीसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको काठमाडौँ जिल्ला परिसरले जनाएको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । त्यसअघि घाइतेमध्ये मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को गत सोमबार निधन भएको थियो ।

उक्त ग्यास विस्फोटमा परी १४ जना घाइते भएका थिए । त्यसमा गम्भीर घाइते भएका ११ जनालाई कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जसमा ४ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय