आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु

आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणमा परी साढे दुई वर्षीय बालकको मृत्यु भएको छ ।

घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए। खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।

प्रहरीका अनुसार नेपाल–भारत सिमास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका–५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय