११ वर्षीय बालकले महिलाको सुनको सिक्री लुटेर निलेपछि …

११ वर्षीय बालकले महिलाको सुनको सिक्री लुटेर निलेपछि …

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुनसरी । सुनसरीको इटहरीमा एक महिलाको सुनको सिक्री लुटेर निलेको आरोपमा ११ वर्षीय बालकसहित दुई पक्राउ परेका छन् । लुटिएको सिक्री निलेका बालकलाई प्रहरीले निगरानीमा राखेको छ ।

शनिबार इटहरी–३ की ४७ वर्षीय वेदकुमारी खड्काको सुनको सिक्री लुटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज–२० का २२ वर्षीय सुनिलकुमार राय र सोही ठाउँका ११ वर्षीय बालकलाई नियन्त्रणमा लियो । अनुसन्धानका क्रममा बालकले सिक्री निलेको खुल्न आयो ।

बालकले लुटिएको सिक्री निलेको बताएपछि प्रहरीले उनलाई तुरुन्तै इटहरीस्थित वेदान्त अस्पतालमा भर्ना गर्‍यो । एक्स–रे गर्दा करिब एक तोलाको सिक्री पेटमै रहेको देखियो । चिकित्सकहरूको अनुसार सिक्री प्राकृतिक रूपमा निस्किने सम्भावना भएकाले उनलाई प्रहरीको निगरानीमा राखिएको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय