काठमाडौं । शिक्षाको स्तर वृद्धि, गुणस्तर अभिवृद्धि तथा विद्यालयको जग्गा व्यवस्थापनका लागि श्री कोटियादेवी माध्यमिक विद्यालय, सैनामैना–११, ताली, रूपन्देही मा श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
यही फागुन ७ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको छ । जसमा प्रमुख कथा वाचकका रूपमा प्रख्यात भागवत वाचक पं. दीनबन्धु पोखरेल रहने भएका छन् ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस महायज्ञले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय समुदाय तथा भक्तजनहरूलाई महायज्ञमा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ । आयोजकका अनुसार संकलित रकम विद्यालयको स्तरोन्नति, शिक्षण गुणस्तर सुधार, तथा जग्गा व्यवस्थापनमा उपयोग गरिने जनाइएको छ।




