बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा उनी बाख्रा चराउन गएका बला बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेर होहल्ला गरेपछि चितुवा भागेको थियो। स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेका थिए ।

घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय