राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा पारेको आरोपमा युवती पक्राउ

राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा पारेको आरोपमा युवती पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवन रत्ननगर नगरपालिका-८ की २८ वर्षीया अस्मिता आचार्यलाई ‘हनी ट्रयाप’ मा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

अस्मिताले इलेक्ट्रोनिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर मर्मतको बहानामा पटक-पटक बोलाई, मागेको रकम नदिए जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिँदै १० लाख रुपैयाँ असुल्ने प्रयास गरेको आरोप छ।

उनले ३ लाख रुपैयाँ चेकमार्फत लिएकी थिइन् भने बाँकी ७ लाख एक हप्ताभित्र बुझाउने सर्तमा सहमति भएको थियो।

प्रहरीले उनलाई कुलेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय