गोली हानेर भिनाजुले गरे सालीको हत्या

गोली हानेर भिनाजुले गरे सालीको हत्या

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुनसरीमा गोली हानेर एक युवतीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति १ बजे गोली प्रहार गरी स्थानीय १८ वर्षीया युवती अर्सी खातुनको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनलाई आफ्नै भिनाजुले गोली प्रहार गरेको देखिएको छ । उनका भिनाजु भारतीय नागरिक भएको प्रहरीको प्रतिक्रिया छ । एसपी सुमनकुमार तिम्सिनाले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजु आजात मिया जटले गोली हानेको देखिएको छ ।

‘भिनाजुले हानेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ, उनले भने, टाउकोमा गोली प्रहार गरी उनी भारततिरै भागेको देखिएको छ । खोजबिन जारी छ ।’

अर्सीको टाउको गोली हानेको पाइएको उनले बताए । घुस्की भारत सीमा क्षेत्र नजिकै हो । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको देखिएको बताउँदै उनले भने, ‘खोजी कार्य सुरु भइसकेको छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय