माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्जहरू तोकेको छ।

सोमबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेशका लागि उपमहासचिव हरिबोल गजुरेल, मधेशका लागि उपमहासचिव मातृका यादव, बागमती प्रदेशका लागि सचिव हितमान शाक्यलाई प्रदेश इन्चार्ज तोकेको छ।

यसैगरी, गण्डकी प्रदेशका लागि सचिव दिनानाथ शर्मा, लुम्बिनीका लागि सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशका लागि स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिमका लागि उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

यस्तै, पदाधिकारी बैठकले विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मालाई इन्चार्ज तोकिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय