भीम रावललाई समर्थन गरेको भन्दै पाँच नेता एमालेबाट निष्काशित

भीम रावललाई समर्थन गरेको भन्दै पाँच नेता एमालेबाट निष्काशित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ- नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई समर्थन गरेको भन्दै थप पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले सुदूरपश्चिमले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद पनि हुन् ।

सुदूरपश्चिम एमाले सचिव रण चन्दका अनुसार उनीहरूलाई भीम रावललाई समर्थन जनाएको भन्दै कारबाही गरिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय