विराटनगरको रानीबाट ३८ वटा मानव कंकालसहित एक जना पक्राउ

विराटनगरको रानीबाट ३८ वटा मानव कंकालसहित एक जना पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भरतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ। 

पक्राउ परेका व्यक्तिले ती कंकालहरू के प्रयोजनका लागि कहाँ लैजान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय